बङ्गलादेशमा नयाँ प्रधान न्यायाधीशद्वारा सपथ ग्रहण, पुराना गार्ड हटाइयो
काठमाडाैं | साउन २७, २०८१
बङ्लादेशमा अपदस्थ प्रधानमन्त्री शेख हसिनाका विश्वासपात्र मानिएका प्रधान न्यायाधीशको राजिनामापछि नियुक्त भएका नवनियुक्त प्रधानन्याधीश सैयद रेफात अहमदले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ ।
विद्यार्थी नेतृत्वको विद्रोहले सत्ताच्युत गरेको अघिल्लो सत्तासँग जोडिएको ठानिएको पुरानो पहरेदारलाई प्रतिस्थापन गर्ने नयाँ नियुक्तिको यो पछिल्लो शृंखला हो ।
राष्ट्रपति मोहम्मद शहाबुद्दीनले उच्च अदालतका वरिष्ठतम न्यायाधीश अहमदलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको राष्ट्रपतिका प्रेस सचिव शिप्लु जमानले जानकारी दिनुभयो ।
जमानले भन्नुभयो, “उहाँ बङ्गलादेशको २५ औं प्रधान न्यायाधीश बन्नुभएको छ ।”
अहमदले ढाका विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको टफ्ट्स विश्वविद्यालयमा अध्ययन गर्नुभएको थियो ।
ढाकाको सडकमा प्रदर्शनकारीको सहभागिता बढेपछि ७६ वर्षीया हसिना सोमबार हेलिकप्टरबाट छिमेकी मुलुक भारत तर्फ भाग्नुभएको थियो ।
हसिनाको सरकारमाथि १५ वर्षको शासनकालमा उहाँका हजारौँ राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

